काठमाडौं । नेपालको लागि सिएफमोटोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नेपालमा बहुप्रतिक्षित सिएफमोटो २५० डुअल इएफआई मोटरसाइकल सार्बजनिक गरेको छ ।
कम्पनीले हालै एक कार्यक्रमको आयोजना गरि सएफमोटो २५० डुअल इएफआई मोटरसाइकल सार्बजनिक गरेको हो । यो मोटरसाइकल सामान्य सडक तथा अफरोड दुवै प्रकारको यात्राका लागि उपयुक्त हुने गरी परम्परागत सीमाभन्दा बाहिर साहसिक यात्रा खोज्ने चालकहरूका लक्षित गरेर तयार गरिएको कम्पनीले जनाएको छ । यस मोटरसाइकलमा २४९ सीसी क्षमताको एक सिलिन्डर इन्धन इन्जेक्सन प्रणाली भएको इन्जिन जडान गरिएको छ । यसले राम्रो शक्ति र इन्धन दक्षता प्रदान गर्नुका साथै इलेक्ट्रोनिक फ्युल इन्जेक्सन प्रणालीका कारण थ्रोटल प्रतिक्रिया सहज हुने र इन्धन खपत कम हुने कम्पनीको दाबी छ ।
मोटरसाइकलमा सहरका सडकदेखि अप्ठेरा बाटोसम्म सहज रूपमा चलाउन सकिने ‘डुअल पर्पोज’ डिजाइन रहेको छ । २४५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स भएकाले नेपालका विभिन्न सडक अवस्थाका लागि उपयुक्त मानिएको छ । यसमा डिस्क ब्रेक र उन्नत ब्रेक प्रणाली जडान गरिएको छ, जसले सवारी सुरक्षामा सहयोग पुर्याउने बताइएको छ । हल्का तर बलियो फ्रेमका कारण मोटरसाइकललाई चुस्त र टिकाउ बनाइएको कम्पनीको दाबी रहेको छ । कार्यक्रममा सहभागीहरूले मोटरसाइकलको अवलोकन समेत गरेका थिए । सीएफमोटो २५० डुअल ईएफआईको प्रारम्भिक मूल्य ५ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ । यो मोटरसाइकल पोलार ह्वाइट, लाइम ग्रीन र टुन्ड्रा ग्रे गरी तीन रङमा उपलब्ध हुनेछ ।
सीएफमोटोले नेपालमा आफ्नो उत्पादन दायरा विस्तार गर्दै आएको छ । नयाँ मोडल सार्वजनिक भएसँगै कम्पनीले अन्तर्राष्ट्रिय स्तरको प्रविधि र आधुनिक डिजाइन भएका मोटरसाइकल नेपाली बजारमा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता दोहो¥याएको उल्लेख गरेको छ । एडभेन्चर शैलीका प्रवेशस्तरका मोटरसाइकलमध्ये निकै प्रतिक्षित मानिएको सीएफमोटो २५० डुअल ईएफआईलाई नेपाली बजारमा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका प्रतिनिधिहरूले नेपालका विभिन्न प्रकारका सडक र भौगोलिक अवस्थालाई ध्यानमा राखेर तयार गरिएको यो मोटरसाइकलले प्रदर्शन, टिकाउपन र बहुउपयोगिताको सन्तुलन प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
कम्पनीले उच्च प्रदर्शन क्षमताका मोटरसाइकल, कृषि प्रयोजनका चार पांग्रे सवारी तथा पावरस्पोट्र्स सवारी साधन उत्पादन गर्दै आएको छ । सन् २०२५ को पहिलो तीन त्रैमासिकमा कम्पनीले करिब २ अर्ब १० करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको जनाएको छ ।