काठमाडौं । वीरगंजमा रहेको उद्योग प्रतिष्ठानहरू रहेका गुनासो व्यवस्थापन संयन्त्रका सदस्यहरूका लागी क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको छ ।
उनीहरूको लागी एकदिने क्षमता अभिवृद्धि तथा व्यवहारिक सम्बन्धी तालिम संचालन गरिएको हो । महिला सशक्तिकरण, समृद्ध नेपाल कार्यक्रम अन्तर्गत आयोजित तालिममा विभिन्न उद्योगका गुनासो सुनुवाइ संयन्त्रका सदस्यहरूको सहभागिता रहेको थियो । तालिममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले कार्यस्थललाई सुरक्षित, मर्यादित र समानतामूलक बनाउन गुनासो व्यवस्थापन संयन्त्र प्रभावकारी हुनुपर्ने आवश्यकता रहेको औल्याए । उनले उद्योग व्यवसायमा कार्यरत श्रमिकहरूको अधिकार संरक्षण तथा कार्यस्थलमा हुने विभिन्न समस्याको समाधानका लागि यस्ता तालिम उपयोगी हुने बताए । नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक हरि पौडेलले कार्यक्रमको उद्देश्य तथा सञ्चालनबारे प्रस्तुति दिएका थिए ।
यूरोपियन युनियनको आर्थिक सहयोग तथा अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) सँगको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघले सञ्चालन गरेको महिला सशक्तिकरण, समृद्ध नेपाल कार्यक्रमअन्तर्गत उक्त तालिमको आयोजना गरिएको हो । तालिम संयोजन डा. वासुदेव लाल कर्णले मधेश प्रदेशका पाँच वटा उद्योगका गुनासो सुनुवाइ संयन्त्रका सदस्यहरूलाई कार्यस्थलमा हुने यौनजन्य हिंसा तथा दुव्र्यवहारको सम्बोधन गर्ने विषयमा प्रयोगात्मक तथा व्यावहारिक तालिम प्रदान गरिएको जानकारी दिए ।