काठमाडौं । अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित ‘द रियल सेल’ अभियानकोे घोषणा गरेको छ । यो सेल चैत १ गते बेलुका ८ बजेदेखि चैत ६ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ ।
यस अभियान अवधिभर ग्राहकहरूले ६० प्रतिशतसम्मको छुट, छनोट गरिएका सामानहरूमा निःशुल्क डेलिभरी तथा ६३ लाख रुपैयाँबराबरका भौचरहरू सहितका आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् । अघिल्ला सेलहरूमा झैँ यस सेलमा पनि विशेष साझेदार अफरहरू पनि समावेश गरिएका छन् । जसअन्तर्गत प्लाटिनम पार्टनर चर्च एण्ड ड्विाइट र ¥होटोका तर्फ बाट ४४ प्रतिशतसम्मको छुट, गोल्ड पार्टनर ब्राण्डहाउसका तर्फ बाट ६० प्रतिशतसम्मको छुट, तथा सिल्वर पार्टनर नाइकका तर्फ बाट ५० प्रतिशतसम्मको छुट उपलब्ध हुने जानकारी दिइएको छ । साथै कम्पनीले यसपटक पनि ‘बेस्ट प्राइस’ ट्याग भएका उत्पादनहरूमा दाराजको दुई गुणा प्राइस डिफ्रेन्स रिफन्ड प्रमिस लागू हुने जानकारी दिएको छ । यसअन्तर्गत, यदि ग्राहकले नेपालभित्रको अर्को कुनै पनि अनलाइन प्लेटफर्ममा सोही उत्पादन दराजमा निर्धारितभन्दा कम मूल्यमा उपलब्ध भएको भेट्टाएमा र योग्यताको सर्त पूरा भएमा दराजले मूल्य फरकको दोब्बर रकम फिर्ता गर्नेछ ।
छुटहरूभन्दा बाहिर, ‘द रियल सेल’ को उद्देश्य देशभरका ग्राहकहरूलाई मूल्य, सुविधा तथा उत्पादनहरूको विस्तृत छनोटलाई एकसाथ जोड्दै सहज र लाभदायक अनलाइन किनमेल अनुभव प्रदान गर्नुभएको कम्पनीले बताएको छ । यस सेल अवधिभर ग्राहकहरूले स्वास्थ्य तथा सौन्दर्य, फेशन, अडियो तथा वेयरेबल्स, फर्निचर, गृह सजावट लगायत विभिन्न क्याटेगोरीहरूमा उपलब्ध अफरहरूको लाभ लिन सक्नेछन् । अभियानले उपभोक्तालाई आफ्ना मनपर्ने उत्पादनहरू आकर्षक मूल्यमा किनमेल गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ ।