देवदह (रुपन्देही) । जिल्ला प्रहरी कार्यालयले करिव ११ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ । अन्दाजी रु. ११ लाख ५२ हजार ७२० बराबरको सामान प्रहरी टोलीले चैत १ गते बरामद गरेको हो ।
कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जिल्लाका विभिन्न स्थानमा चेक गर्ने क्रममा अवैधरुपमा भन्सार छली चोरी पैठारी गरिएको सामान नियन्त्रणमा लिइएको बताए ।
उनका अनुसार बरामद गरिएको सामानमा पीकअपसहित केरा, मोटरसाइकलसहित किराना सामान, ब्रोइलर कुखुरा, सुर्ती, जोली रोल्स चकलेट, हरिया सिम्लामिर्च, झोला ड्रागन धूप, विभिन्न किचन सामग्री, पटका, फलफूल, विभिन्न प्रजातिको फूलका बिरुवालगायत छन् ।