काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति भएको छ । अन्य उम्मेदवारले अध्यक्षमा उम्मेदवारी दिएका नाम फिर्ता लिएपछि शर्माको नाममा सहमति भएको हो ।
शर्माका अलावा अध्यक्षका लागि रोबिन शेरचन र रबिन बज्राचार्यले उम्मेदवारी दिएका थिए । निर्वाचन समितिले सबै पदको नजिता एकै पटक सार्वजनिक गर्ने जनाएको छ ।
निर्वाचन भन्दा पनि सहमतिका आधारमा कार्यसमिति चयन गर्न लागिएको बताइएको छ । एनआरएन निर्वाचन समितिका अनुसार आजै कार्यसमितिको सबै विवरण सार्वजनिक गरिनेछ ।
एनआरएनए सचिवालयले प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आथित्यतामा आइतबार साँझ पाँच बजे समापन समारोह आयोजना गरिएको जनाएको छ । शनिबारदेखि शुरु भएको एनआरएनए १२ औं अधिवेशन सोमबार सम्पन्न हुँदैछ ।