काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ खिचेको छ । अधिक तरलता नियन्त्रणका लागि आइतबार मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम खिचिएको हो ।
परिपक्व हुने अवधि २८ दिन तोकिएको यो उपकरणको साँवाब्याज भुक्तानी आगामी चैत्र २९ गते गरिने छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूमा यो उपकरण बिक्री गरिएको हो ।
खरिदकर्ताहरूले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्नसक्ने सीमा तोकिएको थियो । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा फाइनान्स कम्पनीहरूमा धितोकोरूपमा समेत राख्ने सकिने व्यवस्था रहेको राष्ट्र बैंकको भनाइ छ ।