काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका एक सय १० सांसद निर्वाचित भएको घोषणा गरेको छ । आयोगका अनुसार फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा पाएको मतका आधारमा उनीहरु निर्वाचित भएको घोषणा गरिएको हो । राजनीतिक दलहरूले समानुपातिक सांसदका लागि नाम सिफारिस गरेअनुसार एक सय १० सांसदको टुंगो लागेको हो ।
आयोगले चैत ५ गते समानुपातिकबाट निर्वाचित सांसदलाई निर्वाचन प्रमाणपत्र वितरण गर्ने उल्लेख गरेको छ । यसका लागि आवश्यक कागजात बुझाउन आग्रह गरिएको छ । समानुपातिकतर्फ निर्वाचित सांसदले चैत ३ गते कार्यालय समयभित्र सक्कलै नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचय पत्र र दुई प्रति पासपोर्ट साइजको फोटा बुझाउनुपर्नेछ ।
रास्वपाबाट ५७
राम लामा, खुसबु सरकार श्रेष्ठ, मिङमा ग्याबु शेर्पा, बसुमाया तामाङ, गंगा छन्त्याल, सम्निमा उदास, अनुष्का श्रेष्ठ, ओजश्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम महर्जन, भूमिका श्रेष्ठ, प्रमिला कुलूजु, सुजाता तामाङ, कृपा महर्जन, एलिजा गुरुङ, रमेश प्रसाईं, प्रतिभा रावल, रचना खतिवडा खत्री, लिमा अधिकारी (आचार्य), विदुषी राणा, समिक्षा बाँस्कोटा, श्रद्धा कुँवर क्षेत्री, टीका संग्रौला, क्रान्तिशिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भूषाल, प्रभा कार्की, शोभा खनाल, रत्ना कुमारी थापा, ज्ञानु पौड्याल, प्रभा ढकाल, प्रकाशचन्द्र दर्जी, रीमा विश्वकर्मा, अमृता बिक, सीता बादी, स्मृति सेन्चुरी, सुष्मा स्वर्णकार (डिम्पल), तारा विश्वकर्मा, खिमा विक, सुरेन्द्र चौधरी, प्रेमलाल चौधरी, गीता चौधरी, करिश्मा कठरिया, पुरुषोत्तम शुप्रभात यादव, खगेन्द्र कर्ण, पूनम कुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामिनी कुमारी, सुनिता कुमारी चौधरी, समिना मिया, अफ्साना बानु र गजाला शमीम मिकरानी
नेपाली कांग्रेसबाट २०
भीष्मराज आङदेम्बे, मदनकृष्ण श्रेष्ठ, गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ, रेनुका काउचा, अर्जुननरसिंह केसी, कालिबहादुर सहकारी, सुशीला ढकाल आचार्य, श्रीमती रुक्मिणी देवी कोइराला, रीना उप्रेती, सीता थपलिया, प्रमिला कुमारी गच्छदार, हरिना देवी कामी, पवित्रा विक, मनमाया विक, चन्द्रमोहन यादव, नीनु कुमारी कर्ण, रेखा कुमारी यादव र शाहजान खातुन
नेकपा एमालेबाट १६
भूमिका लिम्बु सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर, कुलभक्त शाक्य, पद्माकुमारी अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बराल, गुरुप्रसाद बराल, पुष्पराज कँडेल, कृपाराम राना, विष्णुमाया विक, नीता घतानी, रिगला यादव, यशोदा कुमारी, चन्देश्वर मण्डल र साजिदा खातुन सिद्दिकी
नेपाल कम्युनिस्ट पार्टीबाट ९
बलावती शर्मा, प्रमेश कुमार हमाल, प्रेमबहादुर वयक, भीमकुमारी बुढामगर, परशुराम तामाङ, पार्वती विक, गणेशबहादुर विश्वकर्मा, जोग कुमार बरबरिया यादव, निराशा चौधरी (डगौरा)
श्रम संस्कृति पार्टीबाट ४
पूर्ण प्रसाद लिम्बु, अम्बिका देवी संग्रौला, राधिका रम्तेल र रुबी कुमारी
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ४
सरस्वती लामा, भरत गिरी, खुश्बु ओली र ताहिर अली भाट