काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडको साधारण सेयरको बाँडफाँट कार्य सम्पन्न भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको साधारण सेयर बिक्री प्रबन्धक आरबीबी मर्चेन्टले बाँडफाँड गरेको हो ।
कम्पनीले यही फागुन १३ गतेदेखि फागुन १७ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ८२ हजार पाँच कित्ता सेयर निष्कासन गरेको थियो । उक्त सेयर खरिदको लागि ८३ हजार छ सय छ जनाको आवेदन परेको थियो । जस मध्ये ७४ हजार पाँच सय ६८ जनाको आवेदन मात्र योग्य भएको छ । साधारण सेयरमा आठ हजार दुई सय ५० जनाले १०/१० कित्ताको दरले सेयर पाएका छन् । यी बाहेक बाँकी आवेदकको भने हात खाली भएको छ ।