काठमाडौं । नथिङ स्मार्टफोनले नेपाली बजारमा निरन्तर बलियो पकड बनाउँदै लगेको छ । कम्पनीले हालै आफ्नो प्रिमियम स्मार्टफोन सेरिज ‘नथिङ फोन फोर ए’ सेरिज नेपालमा सार्वजानिक गरेको छ ।
८ जीबी र्याम, १२८ जीबी स्टोरेज, ८ जीबी र्याम २५६ जीबी स्टोरेज र १२ जीबी र्याम र २५६ जीबी स्टोरेज गरी नथिङ फोन फोर ए का तिन भेरियन्ट मा उपलब्ध रहेको कम्पनीले जनाएको छ । साथै यो स्मार्टफोन ह्वाईट, ब्ल्याक, ब्लु र पिंक गरी चार भिन्न कलर अप्सनमा नेपाली बजारमा ल्याईएको हो । नथिङका उत्पादनहरु अत्यन्त प्रिमियम रहेको कम्पनीको दाबी छ । ५५ हजार नौ सय ९९ रुपैयाँ मूल्य भएको नथिङ फोन फोर ए लाई कम्पनीले सुरुवातमा खरिद गर्ने ग्राहकहरुलाई आठ हजार नौ सय ९९ रुपैयाँ मूल्यको सिएमएफ वड्स टु ए प्लस निःशुल्क प्रदान गर्ने भएको छ । नथिङले यसपटक आफ्नो फोर ए सेरिजलाई पूर्णतया क्यामेरा सेन्ट्रिक बनाएको छ । ७० एक्स अल्ट्रा जुम सहितको थ्रि क्यामेरा सेटअप भएको यो स्मार्टफोन सेग्मेन्टकै सबैभन्दा उत्कृष्ठ क्यामेरा सेटअप भएको भनेर टेक रिभ्युअरहरुले भनेका छन् । कम्पनीका अनुसार एल्मुनियम फ्रेम, र नथिङको सिग्नेचर ट्रान्सप्यारेन्ट ग्लास ब्याक डिजाइन अनि ग्लिफ लाइटको संयोजनले यो फोन अत्यन्तै प्रिमियम देखिएको छ । आईपी ६८ डस्ट एन्ड वाटर रेसिस्टेन्स सर्टिफाइन नथिङ फोर एको बक्सभित्रै प्रिमियम फोन केस समेत प्रदान गरिएको छ । तीन जेनेरेसनसम्मको एन्डरोइड अपडेट प्रमिस गरिएको नथिङ फोर ए मा ब्लोटवेयररहित क्लिन नथिङ ओएस प्रदान गरिएको छ । नथिङ ओएस पर्सनलाइजेसन र कस्टमाइजेसनमा सबैभन्दा राम्रो ओएस पनि हो ।