काठमाडौं । मन्जुश्री फाईनान्स लिमिटेडले प्रभातफेरी कार्यक्रम सञ्चालन गरेको छ । फाईनान्सका अनुसार ग्लोबल मनी वीक २०२६ को सुरुवात आफ्नो चितवन क्लस्टरको शाखाहरु मार्फत प्रभात फेरी गरिएको हो । विश्वभरि नै मनाईने ग्लोबल मनी वीकको सप्ताहमा मन्जुश्री फाईनान्सले आफ्ना सम्पूर्ण शाखाहरुबाट कार्यक्रमको आयोजना गरेको जानकारी दिएको छ । ग्लोबल मनी वीक २०२६ को मूल आधार स्मार्ट मनी टक्स भन्ने अभिप्रायलाई लिएर विभिन्न संघ संस्था तथा युवालाई मध्येनज्र गर्दै विभिन्न स्कूल तथा कलेजहरुमा कार्यक्रमको व्यवस्था गरिने फाईनान्सले जनाएको छ ।
हाल सम्म करिब २४ अर्ब निक्षेप संकलन तथा २० अर्ब छ करोड रुपैंयाँ कर्जा प्रबाह गरेको फाईनान्सले २८ वटा शाखाको साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको जनाएको छ । फाईनान्समा हाल एक लाख ८ ७ हजार भन्दा अधिक सन्तुष्ट ग्राहकवर्गलाई सेवा दिदै आइरहेको छ । यस अघि फाईनान्सले आफ्ना ग्राहकहरु माझ मञ्जुश्री भर्चुअल क्रेडिट कार्ड को सेवा पनि उपलब्ध गराउदै आइरहेको जनाएको छ ।