काठमाडौं । माइडियाले नेपाली बजारमा ५ मोडलका इन्डक्सन हब सार्वजानिक गरेको छ । कम्पनीले मध्यपूर्व क्षेत्रमा देखिएको तनाव र त्यसले ग्यास आपूर्तिमा पारेको प्रभावलाई मध्यनजर गर्दै उक्त इन्डक्सन नेपाली बजारमा ल्याएको हो ।
ग्यासको विकल्पमा खाना पकाउने उपकरणप्रति चासो बढेकोले नयाँ इन्डक्सन बजारमा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विद्युतीय चुम्बकीय प्रविधिमा सञ्चालन हुने इन्डक्सन हबले छिटो, सुरक्षित तथा ऊर्जा दक्ष तरिकाले खाना पकाउन मद्दत गर्नेछ । इन्डक्सन हबहरूमा टच कन्ट्रोल तथा पुस बटन कन्ट्रोल प्रणाली, ठूलो कुकिङ जोन, तापक्रमको विभिन्न स्तरमा नियन्त्रण गर्न सकिने सुविधा छ । साथै टाइमर सेटिङ, ऊर्जा बचत प्रविधि, ओभरहिटिङ प्रोटेक्सन तथा मल्टी सेफ्टी प्रणालीजस्ता आधुनिक प्रविधिहरू समावेश रहेको कम्पनीको भनाइ छ । कम आवाजमा सञ्चालन हुने डिजाइन र विभिन्न प्रकारका भाँडाहरू प्रयोग गर्न मिल्ने संरचनाले दैनिक प्रयोगका लागि यसलाई अझ सहज बनाउने कम्पनीले जनाएको छ । कम्पनीले सार्वजानिक गरेका पाँच फरक मोडलहरू फरक फरक पावर क्षमतासहित उपलब्ध छन् । सबै उत्पादनमा २४ महिनाको वारेन्टी प्रदान गरिएको कम्पनीले जनाएको छ ।