भद्रपुर (झापा) । प्रहरीले लागुऔषध खैरो हिरोइनसहित भद्रपुर नगरपालिकाका दुई स्थानबाट सात जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार गए राति भद्रपुर–६ स्थित श्रवण यादवको घरमा खानतलासी गर्दा खैरो हिरोइन बरामद भएको थियो । सो घरबाट लागुऔषध कारोबारमा संलग्न भएको अभियोगमा तीन जना पक्राउ परेका छन् । यसैगरी, खैरो हिरोइनसहित भद्रपुर बसपार्कबाट चार जनालाई नियन्त्रणमा लिइएको छ ।