काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । संघको अध्यक्षमा डा. हेमराज शर्मा सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा रोबिन प्रसाद शेरचन निर्वाचित भए ।
संघको उपाध्यक्षमा २३ जना चयन भएका छन् । उपाध्यक्षमा रोशन थापा, बुद्धि सुबेदी, चिन्ता मणि सापकोटा, ददिवाल खड्का, दिनेश पोखरेल, गोपीकृष्ण काफ्ले, डा. ज्ञानेन्द्र रेग्मी, जुनु गुरुङ, कमलमणि गुरागाईं, खगेन्द्र न्यौपाने, लोक प्रसाद दाहाल, महेन्द्र ओली, मनोज कुमार श्रेष्ठ, प्रबिन गुरुङ, पूर्णचन्द्र बनियाँ, रबिनराज बज्राचार्य, रामशरण सिम्खडा, रोजिना प्रधान राई, टंकप्रसाद गैरे, तिलक गैरे र विश्व दीप तिगिला निर्वाचित भएका हुन् । यस्तै महिला उपाध्यक्षमा राधिका गुरुङ तथा युवा उपाध्यक्षमा भीमसेन थापा निर्विरोध चयन भएका छन् ।