काठमाडौं । बैंकिङ कसुरका अभियुक्त दिनेश डंगोेल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सीआईबी) सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठका अनुसार प्रभु बैंकमा कर्पोरट एन्ड प्रोजेक्ट फाइनान्स विभागमा प्रमुख दिनेश डंगोेललाई बैंकिङ कसुरको अभियोगमा पक्राउ गरिएको हो ।
व्युरोका अनुसार प्रतिवादी अशोक शेरचनसमेत माथि अनुसन्धान भइरहेको बैंकिङ कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा संकलन भएका तथ्य र प्रमाणहरू तथा विज्ञ टोलीसमेतले अध्ययन विश्लेषण गर्ने क्रममा ललितपुर जिल्लाको साविक सुनाकोठी गाविस वडा नं ७ हालको परिवर्तित ललितपुर महानगरपालिका वडा नं २७ घर भएका ५० वर्षिय डंगोललाई काठमाडौंको थापाथलीबाट पक्राउ गरिएको हो ।