काठमाडौं । शेयर बजारमा उछाल आएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार शेयर बजार परिसुचक नेप्से ६४ दशमलव ६९ अंकले उकालो लागेर २८ सय ७७ दशमलव शुन्य तीन बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ६३ अंकले उकालो लागेर चार सय ९४ दशमलव १९ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ४२ वटा कम्पनीहरुको एक लाख ९१ हजार दुई सय ५१ पटकको कारोबारमा पाँच करोड ६९ लाख २० हजार छ सय आठ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार आठ सय ८६ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लाग्दा शेयर पुरै हरियो भएको छ ।