काठमाडौं, भदौ ३१
सेयर बजार परिसूचक ओरालो लागेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक चार दशमलव ४७ अंकले ओरालो लागेर १५ सय ३६ दशमलव तीन अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५९ अंकले ओरालो लागेर तीन सय चार दशमलव ६५ अंकमा झरेको छ । यसदिन कुुल एक सय ९१ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुसार २८ हजार एक सय ४४ वटा कारोबारमा ५७ लाख २३ हजार पाँच सय ६३ कित्ता सेयर खरिदबिक्री हुँदा कुुल कारोबार रकम एक अर्ब ८० करोड एक लाख ९७ हजार नौ सय तीन रुपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुसार नौवटा समूहको सूचक ओरालो लागेका छन् भने तीनवटा समूहको सूचक उकालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक तीन अंकले ओरालो लागेर १२ सय २५ दशमलव ८९ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक १४ दशमलव ५५ अंकले ओरालो लागेर १७ सय ६९ दशमलव ८३ अंकमा झरेको छ । यसैगरी जलविद्युुत् समूहको सूचक पनि आठ दशमलवग १६ अंकले ओरालो लागेर ११ सय ४७ दशमलव ५७ अंकमा झरेको छ ।
निर्जीवन बीमा समूहको सूचक पनि तीन दशमलव २३ अंकले ओरालो लागेर आठ हजार एक सय पाँच दशमलव ५१ अंकमा झरेकोमा लघुवित्त समूहको सूचक पनि तीन दशमलव ९९ अंकले ओरालो लागेर २५ सय ८८ दशमलव ३८ अंकमा झरेको छ । यीबाहेक टे«डिङ, फाइनान्स, उत्पादनमूलक र अन्य समूहको सूचक पनि क्रमशः १३ दशमलव ७५, दुुई दशमलव पाँच, १२ दशमलव ४६ र सात दशमलव ३९ अंकले ओरालो लागेका छन् ।
होटल समूहको सूचक भने यसदिन नौ दशमलव २४ अंकले उकालो लागेर १५ सय ८० दशमलव २२ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि १७ दशमलव ३३ अंकले उकालो लागेर नौ हजार सात सय ५७ दशमलव ९३ अंकमा चढेको छ । यसैगरी सामूहिक लगानी कोष समूहको सूचक पनि शून्य दशमलव शून्य चार अंकले उकालो लागेको छ ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको दिव्येश्वरी हाइड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर ६६ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेरुडे लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पनि नौ दशमलव ९२ प्रतिशतले बढेर ११ सय ७५ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल फाइनान्स आदिको सेयर मूल्य पनि बढेका छन् ।
गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर मूल्य पाँच दशमलव २१ प्रतिशतले घटेर ९१ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको माउन्टेन हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि चार दशमलव ८५ प्रतिशतले घटेर ९८ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक युनाइटेड मोदी हाइड्रोपावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन पनि नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता आठ सय ७८ रुपैयाँ अन्तिम मूल्यमा १० करोड ७० लाख ७४ हजार तीन सय ७७ रुपैयाँमा सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको कुुमारी बैंकको प्रतिकित्ता एक सय ९५ रुपैयाँ अन्तिम मूल्यमा छ करोड ३६ लाख ४५ हजार छ सय ४६ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।