काठमाडौं । चीनको प्रसिद्ध मेडिकल सामग्री उत्पादक कम्पनी कोमिन ग्रुपका अध्यक्ष योङ यीले क्षत्रपाटी निःशुल्क चिकित्सायको अवलोकन गरेका छन् ।
अवलोकनमा गएका योङ यीलाई अस्पतालका अध्यक्ष मनोजमान श्रेष्ठले स्वागत गरेका थिए । अवलोकन भ्रमणका क्रममा अध्यक्ष श्रेष्ठ र योङ यीबीच आपसी सहयोगका विषयमा कुराकानी भएको थियो ।
सन् २००२ मा स्थापना कोमिन चिकित्सा उपकरणको क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी हो । ‘विश्वसँग साझा गर्ने’ भन्ने मिसनका साथ, कोमेनले इन भिट्रो डायग्नोस्टिक्स तथा मेडिकल इमेजिङ क्षेत्रका महत्वपूर्ण प्रविधिहरु ९० भन्दा बढी देशहरूमा प्रदान गर्दै आएको छ ।
विभिन्न राष्ट्रिय पुरस्कारहरूले सम्मानित, कोमेनले विश्वभरका स्वास्थ्यकर्मीहरूलाई भरपर्दो र उच्च गुणस्तरीय उत्पादन तथा सेवामार्फत सशक्त बनाउँदै आएको बताएको छ ।