काठमाडौं । रमेश कर्पले काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरी छैटौँ संस्थापक दिवस मनाएको छ । कम्पनीले ‘सधैँ सँगै, हरेक पलमा’ भन्ने मूल नाराको साथ स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा खेलकुद, सांगीतिक प्रस्तुति, मनोरञ्जन र स्वादिष्ट परिकारका स्टलहरू राखिएको थियो । यो कार्यक्रमले रमेश कर्प परिवारका सदस्यहरूबीच सहकार्य र सम्बन्ध बलियो बनाउने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ । कम्पनीका संस्थापक अध्यक्ष स्वर्गीय रमेश गुप्ताको जन्मजयन्तीमा रमेश कर्पमा संस्थापक दिवस वार्षिकरूपमा चैत्र ६ मा मनाउने गरिएको छ । संस्थापक दिवसको अवसरमा कर्मचारीहरूलाई सम्मान समेत गरिएको थियो ।
यस अवसरमा प्रदान गरिएका पुरस्कारहरूमा फाउन्डर लोएल्टी अवार्ड, रमेश गुप्ता भिजनरी लिडरसिप अवार्ड, रमेश गुप्ता राइजिङ लिडर अवार्ड, फाउन्डर्स स्टार प्रफर्मर अवार्ड, राइजिङ स्टार अवार्ड र एकस्लिेन्स इन लिडरसिप अवार्ड समावेश थिए ।