काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार खैरो हेरोइन र गाँजासहित काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० बाट एक जना, सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकबाट दुई जना, धरान उपमहानगरपालिका–१५ बाट एक जनालाई गएराति पक्राउ गरिएको हो । यसैगरी, कञ्चनपुरको बेलौरी नगरपालिका–१० पन्तचोकबाट एकजना, झापाको विर्तामोड नगरपालिका–३ बाट एक जना र कैलालीको धनगढी उपमहानगरपालिका–१० घुइयाबाट एक जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।