काठमाडौं । एभरेस्ट बैंकले लामो समयदेखि नेपालको धर्म, संस्कृति, पर्यटन तथा पुरातात्विक महत्वका विषयवस्तुहरूलाई समेटेर आफ्नो कर्पोरेट क्यालेन्डर प्रकाशन गर्दै आएको छ । सोही परम्परालाई निरन्तरता दिने क्रममा बैंकले वि.सं. २०८३ सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ । यस वर्षको क्यालेन्डरमा उन्नाइसौँ शताब्दीको मध्यदेखि सुरु भएको र महादेशीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिने ‘नेपालको विकास यात्राः नवप्रवर्तनका आयामहरू’ लाई मुख्य विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ । एक विशेष समारोहका बीच बैंकको सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले २०८३ सालको क्यालेन्डर अनावरण गरेका हुन । उक्त समारोहमा बैंकका सञ्चालकहरूलगायत अन्य उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।
बैंकको हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहकहरू रहेका छन् । बैंकको देशैभरि एक सय ३३ वटा शाखा सञ्जाल, चार वटा एक्सटेन्सन काउन्टर, सात वटा प्रादेशिक कार्यालयहरू र एक सय ६३ वटा एटीएम सञ्चालनमा छन् । विश्वव्यापी नेटवर्कमार्फत अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३३ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ। बैंकले भारतको नयाँ दिल्लीलगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको छ ।