काठमाडौं । फोन प्वाइन्टले श्री एयरलायन्ससँग सहकार्य गरेको छ । कम्पनीले सहकार्य गर्दै नेपालभरका प्रयोगकर्ताहरूका लागि आन्तरिक हवाइ यात्रालाई थप किफायती र लाभदायक बनाउने उद्देश्यका साथ विशेष क्यासब्याक अफर सार्वजनिक गरेको हो । यस सहकार्यअन्तर्गत प्रयोगकर्ताहरूले पाँच सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । साथै फोन प्वाइन्टले १५ भाग्यशाली विजेताहरूलाई काठमाडौं–पोखरा वा पोखरा–काठमाडौं उडान टिकट जित्ने अवसर प्रदान गर्ने लक्की ड्र पनि सुरु गरेको छ । विजेताहरू प्रत्येक दिन चयन गरिने छन्, जसले प्रयोगकर्ताहरूलाई निःशुल्क यात्रा जित्ने रोमाञ्चक अवसर प्रदान गर्दछ ।
यी अफर फोन प्वाइन्ट, इ–सेवा र फोन पे एममार्फत सिधै पहुँचयोग्य छन्, जहाँ प्रयोगकर्ताहरूले सजिलै सहभागी भएर लाभ लिन सक्नेछन् । यस पहलले दैनिक डिजिटल कारोबारलाई मूल्यवान पुरस्कारमा रूपान्तरण गर्ने फोन प्वाइन्टको प्रतिबद्धता झल्काउँछ र प्रयोगकर्ताहरूलाई जीवनशैली तथा यात्रा अनुभवमा थप सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ ।
यी अफर फोन प्वाइन्टमार्फत सिधै प्रयोग गर्न सकिने छ, जहाँ प्रयोगकर्ताहरूले अफरहरू रिडिम गर्न सक्नेछन् । यस पहलले फोन प्वाइन्टलाई नेपालकै अग्रणी डिजिटल रिवाड्र्स प्लेटफर्मको रूपमा थप मजबुत बनाउँदै प्रयोगकर्ताहरूलाई उच्च मूल्य, सुविधा र स्मरणीय अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।