काठमाडौं । शेयर बजार परिसुचक नेप्से उच्च अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसुचक ५४ दशमलव ५१ अंकले उकालो लागेर २९ सय ३१ दशमलव ५५ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ११ अंकले उकालो लागेर पाँच सय पाँच दशमलव ३१ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ६४ वटा कम्पनीहरुको दुई लाख चार हजार नौं सय ५५ पटकको कारोबारमा छ करोड १४ लाख सात हजार ७४ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार एक सय ८२ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये व्यापार उपसमुहको सुचक ओरालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक उकालो लागेको छ ।