काठमाडौं । फेक रेस्क्यु धन्दाका मुख्य योजनाकारमध्येका एक राजेन्द्र बहादुर सिंहलाई उन्मुक्ति दिएर जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र पेस गरेको छ । जिल्ला अदालत काठमाडौंमा आइतबार अभियोग पत्र पेस गरेको हो ।
माउन्टेन हेलिकोप्टर प्रालिका प्रबन्ध निर्देशक समेत रहेका सिंहले फेक रेस्क्युको डाटा लुकाउन भूमिका निभाउनेदेखि क्यासमा कमिसन बुझ्नेसम्मको क्रियाकलाप गरेका थिए । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले लामो अनुसन्धानपछि पेस गरेको अनुसन्धान प्रतिवेदनमा सरकारी वकिल कार्यालयले चयनमुखी अभियोजन गरेको हो ।
उनै सिंहलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरी शर्मा काफ्ले न्यायधिवक्ता गोविन्द शर्मा हुमागाईँले मुद्दा नचलाउने निर्णय गरेर उन्मुक्ति दिएका छन् । ‘सरकारी वकिल कार्यालयले यो मुद्दामा ८ दिनसम्म चलखेल गरेको छ’, स्रोतले भन्यो, ‘हाल फरार रहेका केही अभियुक्तबाट जनही आर्थिक संकलन गरेको समेत खुलेको छ । आइतबार विहानसम्म ३५ करोड रुपैयाँ उठाइएको छ । यो विषयमा समेत छुट्टै अनुसन्धान हुनुपर्छ ।’
केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले लामो अनुसन्धानपछि ३३ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गर्न सिफारिस गरेको थियो । सिहंलाई पनि पक्राउ गरी मुद्दा अभियोजन गर्न सिफारिस गरेको थियो । तर, सिंहलाई भने प्रमाण नभेटिएको भन्दै सरकारी वकिल कार्यालयले उन्मुक्ति दिएको हो । जब कि माउन्टेन हेलिकोप्टर सर्भिसका महाप्रबन्धक रहेका उनले नागरिक उड्डयन प्राधिकरणमा फेक रेस्क्युको डाटा उपलब्ध नगराउन लबिइङ गर्नेदेखि पर्यटन विभागमा अबदेखि रेस्क्यु भन्ने शब्द नै नराख्न लबिङ गरेको अडियो नै सीआईबीले सरकारी वकिल कार्यालयमा पेस गरेको थियो ।
यी हुन् फरार ३२ प्रतिवादी
१. मुक्ति पाण्डे– एभरेस्ट एक्सिपिरियन एन्ड असिसटेन्स प्रालि
२. सुवास केसी –एभरेस्ट एक्सिपिरियन एन्ड असिसटेन्स प्रालि
३. विवेक पाण्डे– माउन्टेन रेस्क्यु सर्भिस
४. जयराम रिमाल –मान्टेन रेस्क्यु सर्भिस
५. विवेकराज थपलिया –नेपाल चार्टर सर्भिस प्रालि
६. रवीन्द्र अधिकारी– नेपाल चार्टर सर्भिस प्रालि
७. डा. गीर्वाणराज तिमल्सिना– श्रीद्धि इन्टरनेसनल अस्पताल
८. डा. मिनल्मा पाण्डे– स्वाकन इन्टरनेसनल अस्पताल
९. श्याम सुन्दर कँडेल– स्वाकन इन्टरनेसनल अस्पताल
१०. सन्दीप ढुंगाना– हिमालयन मास्टर्स एडभेन्चर्स
११. सन्दीप तिवारी–रोयल होलिडे एडभेन्चर
१२. शान्तकुमार बाँनिया– म्याजिक हिमालय ट्रेक
१३. विनोद सापकोटा–नेपाल ट्रेक एडभेन्चर
१४. जीवन पाण्डे– एरा इन्टरनेसनल अस्पताल
१५. भानु ढकाल– एरा इन्टरनेसनल अस्पताल
१६. फुर्वा छिरिङ शेर्पा–एरा इन्टरनेसनल अस्पताल
१७. ममिता भट्ट एरा इन्टरनेशनल अस्पताल
१८. चुङला शेर्पा– एरा इन्टरनेसनल अस्पताल
१९. पासाङ शेर्पा– पानोराम हिमालय ट्रेकिङ
२०. तेन्जिङ शेर्पा– पानोराम हिमालय ट्रेकिङ
२१. पासाङ दावा शेर्पा–अल्टिच्युट एयर
२२. बद्री लम्साल –स्प्रिच्युअल एक्सकर्सन
२३. कवीन्द्र लम्साल– स्प्रिच्युअल एक्सकर्सन
२४. विष्णुप्रसाद लम्साल– नेपाल हाइकिङ एडभेन्चर
२५. सन्दीप भण्डारी–माउन्टेन हेलिकोप्टर
२६. प्रकाशबाबु दाहाल–मनाङ एयर
२७. चन्द्रप्रसाद प्याकुरेल– अल्टिच्यूट एयर
२८. कुमार भण्डारी– नेपाल रेस्क्यु एण्ड असिसटेन्स
२९. खोमराज अधिकारी– नेपाल चार्टर सर्भिस
३०. गणेश सिलवाल– एरा इन्टरनेशल अस्पताल
३१. श्रीराम केसी स्वाकन–अस्पताल(पूर्वसञ्चालक)
३२. रामकुमार फुयाल –वल्र्डवाइड असिसटेन्स प्रालि