काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आइतबार एक फर्मलाई जरिवाना गरेको छ ।
काठमाडौँ महानगरपालिका–२२ सुन्धारास्थित मुम्बई जाइकालाई स्थलगत निरीक्षण तथा अनुमगनका क्रममा कैफियत भेटिएपछि विभागले १० हजार जरिवाना गरेको हो । विभागले आइतबार विभिन्न १३ वटा फर्ममा निरीक्षण गर्दै तीमध्ये १२ वटा फर्मलाई सुधारात्मक निर्देशन दिएको थियो । सो फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।
स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा अन्य सरोकारवालाको उपस्थितिमा विभागले बजार अनुमगन तथा निरीक्षण गर्दै आएको छ ।