काठमाडौं । नेप्सेको उच्चबृद्धि खुम्चिएको छ । अघिल्लो दिन ५४ दशमलव ५१ अंकले उकालो लागेको शेयर बजार परिसुचक नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार पाँच दशमलव शुन्य एक अंकले मात्र उकालो लागेर २९ सय ३६ दशमलव ५६ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव २८ अंकले ओरालो लागेर पाँच सय पाँच दशमलव शुन्य दुई बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ४२ वटा कम्पनीहरुको एक लाख ५६ हजार तीन सय ८१ पटकको कारोबारमा तीन करोड ८० लाख ७३ हजार नौं सय ४५ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार चार सय ४० रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक बिकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन र व्यापार उपसमुहको सुचक खुम्चिएका छन् भने फाईनान्स, जलबिद्युत, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष, लघुवित्त र अन्य उपसमुहको सुचक उकालो लागेका छन् ।