वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग रचनात्मक वार्ता भएको बताएका छन् । सोही कारण तत्काललाई पावर प्लान्टमा गर्ने भनिएको आक्रमण स्थगित गरेको उनले बताएका छन् । सीएनएनका अनुसार तत्काललाई ५ दिनका लागि इरानी ऊर्जा प्लान्टहरुमा अमेरिकाले बम नहान्ने भएको हो ।
‘अमेरिका र इरानले विगत दुई दिनयता रचनात्मक वार्ता गरेको खुसी बाँड्न चाहन्छु’, उनलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ, ‘वार्ता मध्यपूर्वमा पूर्ण शान्तिलाई लिएर रचनात्मक र राम्रो भएको छ ।’ सोही कारण आफूले युद्ध विभागलाई इरानको ऊर्जा प्लान्टमा आक्रमण नगर्न निर्देशन दिएको उल्लेख गरेका छन् । चलिरहेको वार्ताका लागि कम्तीमा ५ दिनलाई ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने उनको भनाइ छ ।