काठमाडौं । शेयर बजार निरन्तर उकालो यात्रामा देखिएको छ । अघिल्लो दिन पाँच दशमलव शुन्य एक अंकले उकालो लागेको शेयर बजार परिसुचक नेप्से साताको तेस्रो कारोबार दिन मंगलबार पुन २३ दशमलव ८३ अंकले उकालो लागेर २९ सय ६० दशमलव ४० बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९७ अंकले उकालो लागेर पाँच सय सात बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ४१ वटा कम्पनीहरुको एक लाख २६ हजार नौं सय ४७ पटकको कारोबारमा तीन करोड ५८ लाख २२ हजार एक सय ९१ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार छ सय ४३ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबारमा भएकोमा पाँच वटा उपसमुहहरुको सुचक ओरालो लागेर बाँकी उपसमुहहरुको सुचक उकालो लागेका छन् । आज जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लघुवित्त र अन्य उपसमुहको सुचक खुम्चिएका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, लगानी, उत्पादमुलक, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् ।