काठमाडौ । भिभोले नेपाली बजारमा आफ्नो नयाँ बजेट स्मार्टफोन भिभो वाई०५ सार्वजनिक गरेको छ । यो फोनले किफायती मूल्यमा शक्तिशाली ब्याट्री र उत्कृष्ट प्रयोगकर्ता अनुभव प्रदान गर्ने जनाइएको छ ।
कम्पनीका अनुसार भिभो वाई०५ को मुख्य आकर्षण यसको शक्तिशाली ६५०० एमएएच ब्लुभोल्ट ब्याट्री हो । यो उच्च क्षमताको ब्याट्री दिनभर पटक–पटक चार्ज गरिरहनुपर्ने झन्झटलाई हटाउँदै लामो समयसम्म निरन्तर प्रयोगको सुनिश्चितता दिनका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ । अत्याधुनिक ब्याट्री प्रविधिले लामो समय ५ वर्षसम्म स्थिर र उत्कृष्ट प्रदर्शन कायम राख्न मद्दत गर्नेछ । भिभो वाई०५मा आईपी ६५ धुलो र पानी प्रतिरोधी क्षमता प्रदान गरिएको छ, जसले दैनिक प्रयोगमा हुने धुलो र पानीका छिटाहरूबाट सुरक्षा प्रदान गर्दछ ।
साथै, यसमा प्रोफेसनल एन्टी–ड्रप डिजाइन रहेको छ, यसले आकस्मिक रूपमा खस्दा हुने क्षतिबाट फोनलाई जोगाउन मद्दत गर्ने कम्पनीको दाबी छ । प्रदर्शन र डिस्प्लेको हिसाबले पनि भिभो वाई०५ उत्कृष्ट छ । ओरिजिन ओएस ६ द्वारा सञ्चालित यो स्मार्टफोनमा १२० हर्जको स्मूथ डिस्प्ले रहेको छ, जसले स्क्रोलिङ र प्रयोग अनुभवलाई अझ सहज बनाउँछ । यसको १२०० निट्स पिक ब्राइटनेसले चर्को घाममा पनि स्क्रिन स्पष्ट रूपमा देखिने सुनिश्चित गर्दछ । यस डिभाइसमा २०० प्रतिशत भोल्युम बुस्ट प्रदान गरिएको छ । भिभो वाई०५ दुई भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । ४/६४ जीबीको मूल्य १६ हजार ९९९ रुपैयाँ तोकिएको छ भने ४/१२८ जीबीको मूल्य १९ हजार ४९९ रुपैयाँ निर्धारण गरिएको छ ।