काठमाडौं । शेयर बजार पुन खुम्चिएको छ । अघिल्लो दिन २३ दशमलव ८३ अंकले उकालो लागेको शेयर बजार परिसुचक नेप्से आज बुधबार २४ दशमलव ४५ अंकले ओरालो लागेर २९ सय ३५ दशमलव ९४ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ५४ अंकले ओरालो लागेर पाँच सय दशमलव ४६ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ४५ वटा कम्पनीहरुको एक लाख ३८ हजार दुई सय ५६ पटकको कारोबारमा तीन करोड ५८ लाख १९ हजार आठ सय २९ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम १५ अर्ब नौं करोड चार लाख १६ हजार आठ सय ४६ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये उत्पादनमुलक र व्यापार उपसमुहको सुचक बढेपनि बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक खुम्चिएका छन् ।