काठमाडौ । नेको इन्स्योरेन्स कम्पनीले डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ । निर्जीवन बीमा बजारमा विगत ३० वर्षदेखि सेवा पु¥याउँदै आएको कम्पनीले ग्राहकको सेवामा समर्पित हुँदै नयाँ नयाँ बीमा योजना, ठाउँको ठाउँ दाबी भुक्तानी जस्ता सेवाहरू बीमित समक्ष ल्याएको छ । कम्पनीले विभिन्न समुदाय, विद्यालय तथा कलेजहरूमा बीमा सचेतना कार्यक्रम, अभिकर्ता तालिम आदि कार्यक्रमहरू संचालन गर्दै आम जनमानसमा बीमा सम्बन्धमा सुसूचीत गर्दै आएको छ । यसै परिप्रेक्षमा नयाँ बर्ष २०८३ को उपलक्षमा कम्पनीले डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ ।
नेपाल पंचाङ्ग निर्णायक समितिबाट स्वीकृत प्राप्त उक्त क्यालेन्डरबाट आगामी नयाँ बर्ष २०८३ सालको विदा, पर्व, मुहूर्तलगायतका महत्पूर्ण जानकारी प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ । उक्त डिजिटल क्यालेन्डर सहज रूपमा प्राप्त गर्नका लागि कम्पनीले क्यूआर कोडसमेत सार्वजनिक गरेको छ । सो क्यूआर कोड स्क्यान गरी २०८३ को क्यालेन्डर हेर्न तथा डाउनलोड गर्न सकिने छ । उक्त क्यूआर कोड कम्पनीको सामाजिक संजालहरू तथा वेभसाइटमार्फत सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएको छ ।