काठमाडौ । एनआईसी एसिया बैंकले ‘ग्लोबल मनि विक २०२६’ को अवसरमा वित्तीय साक्षरता तथा जनचेतना अभिवृद्धि गरेको छ । देशभरका हजारौं विद्यार्थी तथा युवाहरूमाझ सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा भएको यस वर्षको ‘ग्लोबल मनि विक २०२६’ अन्तर्गत यस बैंकका सातै प्रदेशका विभिन्न शाखाहरूले स्थानीय स्तरका विद्यालय तथा कलेजहरूमा विद्यार्थी तथा युवाहरूलाई वित्तीय साक्षरता अभिवृद्धि अभियानमा सहभागी गराइएको थियो । उनीहरूमा वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने खालका कार्यक्रम सञ्चालन गरेका छन् । यस अभियानअन्तर्गत हप्ताभर सञ्चालन गरेका ६७ भन्दा धेरै कार्यक्रमहरूबाट मुलुकभरका चार हजार एक सयभन्दा धेरै विद्यार्थी तथा युवाहरू लाभान्वित भएका छन् । साथै, बैंकले नेपाल राष्ट्र बैंकको यस अभियानअन्तर्गत वित्तीय साक्षरता तथा जनचेतना अभिवृद्धिलाई अझ व्यापक बनाउन विभिन्न सामग्रीहरू निर्माण गरी बैंकको सामाजिक सञ्जालहरूमा समेत प्रकाशन गरेको थियो ।
राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई दिएको निर्देशनअनुसार यस बैंकले आयोजना गरेको विविध कार्यक्रम तथा अन्य सामग्रीहरूबाट बालबालिका, विद्यार्थीहरू तथा युवामाझ वित्तीय साक्षरता, जनचेतना, वित्तीय ज्ञान, सीप वृद्धिमा थप सहयोग पुगेको विश्वास बैंकले गरेको छ ।