काठमाडौं । नेपालमा टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस ग्रेट ग्रान्ड एक्सचेन्ज एन्ड फाइनान्स कार्निभल सुरु गरेको छ ।
काठमाडौको भृकुटीमण्डपमा बुधबारदेखि सुरु भएको कार्निभल चैत १६ गतेसम्म चल्नेछ । कम्पनीका अनुसार पहिलो दिनमा पाँच सयभन्दा बढी आगन्तुकको सहभागिता रहेको थियो । सहभागीहरूले कम्पनीका विभिन्न दुईपाङ्ग्रे सवारीहरूको अवलोकन गर्नुका साथै टेस्ट राइडमा भाग लिएका थिए । आफ्ना पुराना मोटरसाइकल साट्न चाहने ग्राहकहरूका लागि स्थलमै एक्सचेन्ज मूल्यांकन तथा फाइनान्स परामर्श सेवा उपलब्ध गराइएको थियो । यसले खरिद प्रक्रियालाई छिटो र सहज बनाएको कम्पनीको दाबी छ । कार्निभल अवधिभर विभिन्न मनोरञ्जनात्मक तथा ग्राहक संलग्नता गतिविधिहरू सञ्चालन गरिने जनाइएको छ । दैनिक रूपमा लाइभ स्टन्ट शो, जिमखाना च्यालेन्ज, अन्तरक्रियात्मक खेल, टेस्ट राइड सत्र तथा फुड स्टलहरू रहनेछन् ।
कम्पनीका अनुसार कार्यक्रममा कम्युटर, प्रिमियम तथा इलेक्ट्रिक सेग्मेन्टका सम्पूर्ण सवारीहरूको प्रदर्शन गरिएको छ । ग्राहकहरूलाई आठ हजार रुपैयाँसम्मका भ्यालु एडिसन, सात हजार रुपैयाँसम्म नगद छुट तथा तीन हजार सात सय १० रुपैयाँबाट सुरु हुने ईएमआई योजना जस्ता विशेष अफरहरू उपलब्ध गराइएको छ । साथै, ५० भन्दा बढी रीकन्डिसन्ड बाइक कम्पनीहरूको सहभागितासहित एक्सचेन्ज कार्यक्रम सञ्चालन गरिएको छ, जहाँ पुराना सवारीसाधनको प्रतिस्पर्धात्मक मूल्यांकन सुनिश्चित गरिएको छ । कम्पनीले ग्राहकहरूलाई चैत १६ भित्र भृकुटीमण्डप पुगेर विशेष अफर, एक्सचेन्ज सुविधा तथा विविध गतिविधिहरूको लाभ लिन आग्रह गरेको छ ।