काठमाडौं, असोज १ हिमालयन बैंकमा सञ्चालक समितिका अध्यक्ष तुुलसी प्रसाद गौतमको पद धरापमा परेको छ । उनी कर्मचारी सञ्चय कोषको प्रतिनिधिका हैसियतले अध्यक्ष बनेका हुुन् । यसअघि सञ्चयकर्ताको हैसियतले कर्मचारी सञ्चय कोषको प्रमुुख बनेका थिए । तर अहिले उनी निजामती सेवाबाट निवृत्त भइसकेका छन् । त्यही कारण देखाएर सरकारले उनलाई जुुनसुकै बेला सञ्चय कोषबाट विदा गर्नसक्ने मात्र होइन, हिमालय बैंकको कोषको तर्फबाट अर्को व्यक्ति तोक्न सक्नेछ । यस्तो अवस्था हिमालयन बैंकमा उनको उपस्थिति अनिश्चयको दलदलमा फसेको छ ।