काठमाडौं । हिमालयन बैंकको सञ्चालकमा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंगलबार बसेको सञ्चालक समितिको चार सय ९२औं बैठकले अर्याललाई सञ्चालकमा नियुक्त गरेको हो ।
बैंकका अनुसार रिक्त हुन आएको सस्थापक संचालकको पदमा बैंकको सेयरधनी नेसनल लाइफ इन्सुरेन्सको तर्फबाट बैंकको संचालक समितिभा प्रतिनिधित्व गर्न अर्याललाई विद्यमान बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को परिच्छेद ४ को दफा १४ उपदफा २ (ख) तथा कम्पनी ऐन २०६३ को परिच्छेद ६ को दफा ९० को उपदफा २ (२) मा उल्लेखित व्यवस्थाअन्तर्गत सञ्चालक नियुक्त गरिएको हो । नवनियुक्त सञ्चालक अर्यालयको कार्यकाल यही चैत्र १५ गतेदेखि कार्यान्वयनमा आउने बैंकले जानकारी दिएको छ ।