काठमाडौं । इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई पुरस्कार वितरण गरेको छ । कम्पनीले हालै काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी पुरस्कार वितरण गरेको हो ।
कम्पनीका अनुसार क्याब चालक श्रेणीका तुम बहादुर थापा मगरले टाटा एक्सप्रेस–टी ईभी र बाइक/मोटो राइडर श्रेणीमा अशेष मगरले टीभीएस राइडर जितेका छन् । कम्पनीले १५ डिसेम्बर २०२५ देखि ४ जनवरी २०२६ सम्म ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ कार्यक्रलम सञ्चालन भएको थियो । तीन साताको यस अभियानले उत्कृष्ट र प्रतिबद्ध चालक साझेदारहरूको योगदानलाई उच्च मूल्यांकन गरेको छ । दुवै विजेताहरू तीनै हप्ताभर निरन्तर प्लेटिनम स्तर कायम राख्दै सबै मापदण्ड पूरा गर्ने चालक साझेदारहरूबाट छनौट भएका हुन् । ग्रान्ड पुरस्कारका अतिरिक्त, अभियानअन्तर्गत विभिन्न साप्ताहिक पुरस्कारहरू पनि वितरण गरिएको थियो । कम्पनीले १५ जना विजेतालाई रेड्मी नोट १४ ५ जी स्मार्टफोन, ३० जनालाई अल्टिमा एटम १९२ ब्लुटुथ इयरबड्स, ३० जनालाई अल्टिमा सर्कल स्मार्ट वाच र १ हजार ५०० जना विजेतालाई पेट्रोल भौचर वितरण गरेको छ ।