काठमाडौं । नेपालमा हुन्डाइ, फोर्थिङ र केइएई गाडीहरूको आधिकारिक वितरक लक्ष्मी ग्रुपले ‘वाडा अटो सो २०२६’मा आकर्षक तथा विशेष अफरहरू सार्वजनिक गरेको छ ।
पोखरामा जारी अटो शो मा नयाँ गाडी खरिद गर्न वा पुरानो गाडी अपग्रेड गर्न चाहने ग्राहकहरूका लागि सीमित अवधिको विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ । प्रदर्शनी अवधिभर ग्राहकहरूले विभिन्न सुविधाहरू प्राप्त गर्नेछन् । फोर्थिङ फ्राइडे मोडलमा ७ लाख रुपैयाँसम्मको छुट पाइने कम्पनीले जनाएको छ । प्रिमियम इलेक्ट्रिक एसयूभी फोर्थिङ फ्राइडे ६४.४ किलोवाट आवर क्षमताको ब्याट्रीसहित उपलब्ध रहेको छ । १८५ एमएम ग्राउन्ड क्लियरेन्स र डब्लूएलटीपीअनुसार ४०० किलोमिटरसम्मको रेन्ज भएको यो गाडी प्रिमियम ईभी सेग्मेन्टमा प्रतिस्पर्धी विकल्पका रूपमा प्रस्तुत गरिएको छ ।
यसका साथै, लक्ष्मी ग्रुपले हुन्डाइ र केइएइको लाइनअपमा समेत आकर्षक अफरहरू ल्याएको छ । कम्पनीले पोखराका उपभोक्ताहरूलाई आफ्नो स्टलमा उपस्थित भई अटो एक्स्पोको अनुभव लिन आग्रह गरेको छ । लक्ष्मी ग्रुपले नेपालमा नवप्रवर्तनशील, वातावरणमैत्री तथा भविष्य–मुखी गतिशीलता समाधानहरू प्रदान गर्ने प्रतिबद्धता दोहो¥याउँदै ग्राहकहरूको स्वामित्व अनुभवलाई अझ सुदृढ बनाउँदै लैजाने उल्लेख गरेको छ ।