एथेन्स(ग्रीस) । ग्रीसको समुन्द्री तटमा एउटा डुङ्गामा फसेको छ दिन पछि २२ जना आप्रवासीको मृत्यु भएको डुङ्गामा जीवित रहेका व्यक्तिहरूलाई उदृत गर्दै शनिबार ग्रीक तटरक्षकले बताएका छन् । यसअघि शुक्रबार राति तटरक्षकले एक महिला र एक नाबालिकासहित २६ जनालाई युरोपेली सीमा एजेन्सीको जहाजले क्रेटबाट उद्धार गरेको बताएको छ । जीवित मानिसहरूले मृतकहरुको शव समुद्रमा फ्याँकिएको बताएका छन् । एएफपी