काठमाडौं । शेयर बजार परिसुचक नेप्से उच्च अंकले ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से परिसुचक ७१ दशमलव शुन्य पाँच अंकले ओरालो लागेर २८ सय ७९ दशमलव ११ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ९६ अंकले ओरालो लागेर चार सय ८९ दशमलव ४८ बिन्दुमा खुम्चिएको छ । यसदिन तीन सय ३३ वटा कम्पनीहरुको एक लाख ९६ हजार एक सय ५८ पटकको कारोबारमा तीन करोड ५२ लाख ४८ हजार तीन सय ९७ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम १५ अर्ब तीन करोड ३३ लाख १० हजार आठ सय ६७ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा सबै उपसमुहहरुको सुचक ओरालो लागेर शेयर बजार पुरै रातो भएको छ । यसदिन बाँणिज्य बैंक उपसमुहको सुचक ४३ दशमलव २४ अंकले ओरालो लागेर १५ सय सात दशमलव ५७ बिन्दुमा खुम्चिदा बिकास बैंक उपसमुहको सुचक पनि एक सय ८२ दशमलव ७७ अंकले ओरालो लागेर छ हजार एक सय ८६ दशमलव ९१ बिन्दुमा खुम्चिएको छ । फाईनान्स उपसमुहको सुचक पनि ८९ दशमलव ४९ अंकले ओरालो लागेर २५ सय ६३ दशमलव ४३ बिन्दुमा खुम्चिदा जलबिद्युत उपसमुहको सुचक पनि ८९ दशमलव ९५ अंकले ओरालो लागेर तीन हजार नौं सय ७५ दशमलव ८१ बिन्दुमा खुम्चिएको छ । जीवन बीमा उपसमुहको सुचक पनि तीन दशमलव दशमलव ५० अंकले ओरालो लागेर १३ हजार दुई सय ९९ दशमलव ८० बिन्दुमा खुम्चिंदा निर्जीवन बीमा उपसमुहको सुचक पनि दुई सय ६४ दशमलव ६५ अंकले ओरालो लागेर ११ हजार पाँच सय ९४ दशमलव ३१ बिन्दुमा खुम्चिएको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहको सुचक पनि क्रमशः एक सय ७३ दशमलव ८१, तीन दशमलव ३७, एक सय १३ दशमलव शुन्य नौं, एक सय १० दशमलव ४०, शुन्य दशमलव शुन्य छ, ६१ दशमलव शुन्य पाँच र एक सय तीन दशमलव १४ बिन्दुले खुम्चिएका छन् ।
यसदिन रिलायन्स स्पीनिङ मिल्स लिमिटेडले सबैैभन्दा बढी कमाउँदा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । रिडी हाईड्रोपावर कम्पनी लिमिटेडको भने यसदिन सबैभन्दा बढी रकम कारोबार भएको छ ।