काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले श्री छत्रपाल आधारभूत विद्यालयका छात्रालाई ट्र्याकसुटहरू वितरण गरेको छ । बैकका अनुसार संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रमअन्तर्गत कर्णाली प्रदेश हुम्ला जिल्लाको अदानचुली गाउँपालिका ३ अवस्थित श्री छत्रपाल आधारभूत विद्यालयको दुई सय पाँचजना बालबालिकालाई ट्रयाकसुटहरू सहयोग प्रदान गरिएको हो । यो विद्यालय २०५२ वर्षदेखि स्थापना भई सञ्चालनमा आएको हो ।
विद्यालयमा आयोजित एक समारोहका बीच यस बैंकका सर्केगाड शाखामार्फत सहयोग स्वरुप ट्र्याकसुटहरू हस्तान्तरण गरेका छन् । यस कार्यक्रमअन्तर्गत बैंकले विद्यालयका विद्यार्थीहरूलाई ट्रयाकसुट पोशाक वितरण गरेको छ, जसले विद्यार्थीहरूलाई खेलकुद, व्यायाम र दैनिक विद्यालय गतिविधिमा आरामदायी र न्यानो पोशाक उपलब्ध गराउने छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।
फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिनेसमेत ल्याएको छ ।