काठमाडौ । काठमाडौमा ‘जिरो वेस्ट एक्सिविसन २०२६’ आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय शून्य फोहोर दिवसको अवसर पारेर काठमाडौंमा दुईदिने उक्त कार्यक्रम हुन लागेको हो ।
फोहोरलाई स्रोतमा रूपान्तरण गर्ने अवधारणा व्यवहारमा उतार्ने लक्ष्यसहित चैत १६ र १७ गते नेपाल कला परिषद् नक्सालमा हुने प्रदर्शनीले सर्कुलर अर्थतन्त्रमा आधारित उद्यमहरूलाई एउटै मञ्चमा ल्याउनेछ । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान तथा यसअन्तर्गतका ३५ वटा रोटरी क्लबहरू, रोट¥याक्ट डिस्ट्रिक्ट/इन्टर्याक्ट डिस्ट्रिक्ट ३२९२, ईएसआरएजीको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । प्रदर्शनीमा फोहोर व्यवस्थापन, पुनःप्रयोग, पुनरचक्रण तथा अपसाइकलिङसँग सम्बन्धित नवीन प्रविधि, अभ्यास र उद्यमहरूको प्रदर्शन गरिने आयोजकले जनाएको छ । प्रदर्शनीमा करिब ४० देखि ५० वटा रिसाइकल तथा अपसाइकल उद्यमका स्टल, वातावरणीय प्रदर्शनी बुथ, अडियो–भिजुअल प्रस्तुतीकरण र अन्तरक्रियात्मक कार्यक्रमहरू मुख्य आकर्षण रहनेछन् । यस्तै विशेष प्यानल छलफल आयोजना गरिनेछ ।छलफलमा नीति निर्माता, निजी क्षेत्र, उद्यमी तथा वातावरणविद्हरू सहभागी हुनेछन् ।