काठमाडौ । देश नयाँ वर्ष २०८३ मनाउने तयारीमा जुटिरहेको समयमा दराज नेपालले आफ्नो बहुप्रतिक्षित ४.४ नववर्ष उत्सव सार्वजनिक गरेको छ ।
दराजले २०८३मा प्रवेशलाई अझ विशेष बनाउन अद्वितीय बचत तथा उत्साहपूर्ण अफरहरू ल्याएको हो । यस अभियान अवधिभर, ग्राहकहरूले विभिन्न क्याटोगरी र प्रमुख साझेदार ब्रान्डहरूमा दैनिक फ्ल्यास सेलमार्फत विशेष अफरहरू प्राप्त गर्न सक्नेछन् । ७५ प्रतिशतसम्मको आकर्षक मेगा छुट, निःशुल्क होम डेलिभरी तथा ८३ लाख रुपैयाँबराबरका भौचरहरूसहितको यो सेल चैत २० गते बेलुका ८ बजेदेखि सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुनेछ । कम्पनीका अनुसार प्लाटिनम पार्टनर्सः चर्च एन्ड ड्वाइट, एंकर, होनसा, ब्रान्डहाउस, युनिलिवर र मिनिमलिस्टका तर्फबाट ६० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । त्यसैगरी गोल्ड पार्टनर्सः फोरया र एक्सएजका तर्फबाट पनि ६० प्रतिशतसम्म नै छुट हुनेछ भने सिल्भर पार्टनर्स नाइक, फ्यानटेक र पीसेफका तर्फबाट ६५ प्रतिशत सम्म छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।
किनमेल अनुभवलाई अझ सहज बनाउने उद्देश्यका साथ दराजले चार प्रमुख बैंकहरूसँग सहकार्य पनि गरेको छ । ग्राहकहरूले नबिल बैंक, हिमालयन बैंक, महालक्ष्मी र्बंक तथा नेपाल बैंकमार्फत क्रेडिट कार्ड प्रयोग गर्दा १५ प्रतिशत र डेबिट कार्ड प्रयोग गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । साथै, ई–सेवा र खल्ती बाई आईएमई प्रयोगकर्ताहरूले विशेष ‘रश आवर’ अफरहरू पनि प्राप्त गर्न सकिनेछ । यसका अतिरिक्त, ग्राहकहरूले दैनिक ४४ रुपैयाँ, चार सय ४४ रुपैयाँ, एक हजार चार सय ४४ रुपैयाँ तथा दुई हजार चार सय ४४ रुपैयाँका आकर्षक डिलहरू पनि प्राप्त गर्न सक्नेछन् । साथै, नयाँ वर्षको थिमसँग मिल्ने गरी २ हजार ८३ रुपैयाँका विशेष क्याटेगरी अफरहरू पनि अभियान अवधिभर उपलब्ध हुनेछन् ।