काठमाडौं । नेपाल बैंक र ताजा बेकरी उद्योगबीच सम्झौता भएको छ । नेपालको पहिलो बैंक नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको चाबहिल, मूलपानी, पुतलीसडक, गल्कोपाखा, क्षेत्रपाटी, लगनटोल र सितापाइलामा अवस्थित ताजा बेकरी उद्योगद्वारा उत्पादित विभिन्न बेकरी वस्तुहरूका खरिद गर्दा लाग्ने शुल्कमा नेपाल बैंकको मोबाइल बैंकिङ एपबाट रकम भुक्तानी गर्दा न्यूनतम पाँच सय रुपैयाँको खरिदमा बिल रकममा १० देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र ताजा बेकरी उद्योगको तर्फबाट प्रबन्ध निर्देशक राम कुमार श्रेष्ठले बुधबार हस्ताक्षर गरेको बैंकको भनाइ छ ।