काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हालै सम्पन्न निर्वाचन पछिको विषयमा लामो परामर्श गरेका छन् । परामर्शको लागि गत बिहीबार परिवारका सदस्यहरु समेत नलिई नगरकोट पुगेका पूर्वराजा शाह आइतबारसम्म परामर्श गरेर सोमबार निर्मल निवास फर्किएका छन् । नगरकोटको एक होटलमा बसेर पूर्वराजा शाहले विज्ञहरुसँग परामर्श गरेको बताइएको छ ।