काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर गर्ने भएको छ । संस्थाका अनुसार सेयरधनी पवन कुमार शर्माको नाममा रहेको आठ हजार ९६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागिएको हो ।
संस्थाले यो सेयर प्रतिकित्ता न्यूनतम मूल्य पाँच सय रुपैयाँ कायम गरी बिक्रीमा राखेको हो । यो सेयर छिमेक लघुवित्तकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले यही चैत्र १६ गतेको मितिले आगामी ३५ दिनभित्र आवश्यक कागजातसहित आफूले किन्न चाहेको सेयर संख्या खुलाएर काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने छ ।
तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्नका लागि प्रक्रिया अघि बढाइने संस्थाले जानकारी दिएको छ ।