काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी क्यालेन्डर २०८३’ को डिजिटल संस्करण सार्वजनिक गरेको छ । परम्परागत रूपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने उद्देश्य अनुरुप डिजिटल संस्करण सार्वजनिक गरिएको बैंकले जानकारी दिएको छ ।
महत्वपूर्ण चाडपर्वहरू, तिथि, विदा, शुभ साइत तथा विक्रम संवत्, नेपाल संवत् तथा अंगे्रजी संवत्को मितिहरूलगायतका सम्पूर्ण विषयवस्तुहरू डिजिटल क्यालेन्डरमा समावेश गरिएको छ । नयाँ डिजिटल संस्करण प्रयोगकर्ताहरूको लागि अझ सहज र उपयोगी हुनुका साथै नेपालीहरूको संस्कृतीलाई सम्बर्द्धन तथा निरन्तरता प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । हाल देशभर एक सय तीनवटा शाखा कार्यालयहरूमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको बैंकमा करिब आठ लाख ५० हजारभन्दा बढी ग्राहकहरू रहेका छन् ।