काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । यसअघि दुई कार्यदिन लगातार उच्च अंकले ओरालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार १९ दशमलव ७० अंकले उकालो लागेर २८ सय ५१ दशमलव शुन्य नौं बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २६ अंकले उकालो लागेर चार सय ८४ दशमलव ८४ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ३९ वटा कम्पनीहरुको एक लाख ३७ हजार आठ सय ५७ पटकको कारोबारमा दुई करोड ७९ लाख ४२ हजार सात सय ७९ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम ११ अर्ब ११ करोड २४ लाख १८ हजार आठ सय छ रुपैैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये सामुहिक लगानी कोष र अन्य उपसमुहको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।