काठमाडौं । चालू आर्थिक वर्षको पछिल्लो आठ महिना अर्थात् फागुन मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूले ३१ अर्ब ७० करोड २३ लाख ९४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले १८ लाख ६२ हजार एक सय १४ वटा बीमालेख जारी गरी उक्त परिमाणमा बीमाशुल्क आर्जन गरेका हुन् ।
चालू आवको फागुन मसान्तसम्ममा नेपाल इन्स्योरेन्स कम्पनीले एक लाख २५ हजार सात सय ९० वटा बीमालेख जारी गरी एक अर्ब ४९ करोड ६१ लाख ७० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले पनि यस अवधिमा २९ हजार पाँच सय २९ वटा बीमालेख जारी गरी एक अर्ब ९४ करोड ३६ लाख ९३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
प्राधिकरणका अनुसार राष्ट्रिय बीमा कम्पनीले पनि पछिल्लो अवधिमा २० हजार १६ वटा बीमालेख जारी गरी एक अर्ब छ करोड ३३ लाख ३१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । नेशनल इन्स्योेन्स कम्पनीले पनि चालू आवको पछिल्लो आठ महिनामा १६ हजार पाँच सय ९८ वटा बीमालेख जारी गरी ८६ करोड ८७ लाख ६६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले पनि पछिल्लो अवधिमा एक लाख ९२ हजार तीन सय ४३ वटा बीमालेख जारी गरी दुई अर्ब ३९ करोड ९४ लाख ८३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
प्रभु इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पछिल्लो आठ महिनामा ७० हजार चार सय ५३ वटा बीमालेख जारी गरी एक अर्ब २१ करोड ४२ लाख सात हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले पनि चालू आवको फागुन मसान्तसम्ममा दुई लाख चार हजार आठ सय तीनवटा बीमालेख जारी गरी चार अर्ब ३८ करोड ५४ लाख २५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले भने पछिल्लो अवधिमा एक लाख ४० हजार चार सय १९ वटा बीमालेख जारी गरी दुई अर्ब ५३ करोड २५ लाख १० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले पनि चालू आवको फागुन मसान्तसम्ममा दुई लाख १० हजार छ सय ३१ वटा बीमालेख जारी तीन अर्ब २० करोड ८५ लाख ९४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले भने चालू आवको पछिल्लो आठ महिनाको अवधिमा ८१ हजार दुई सय ९४ वटा बीमालेख जारी गरी एक अर्ब ७८ करोड ५९ लाख ८९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पछिल्लो आठ महिनाको अवधिमा एक लाख ७७ हजार आठ सय २२ वटा बीमालेख जारी गरी दुई अर्ब ७९ करोड २१ लाख १९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
सगरमाथा इन्स्योेरेन्स कम्पनी (सलिको)ले पनि चालू आवको फागुन मसान्तसम्ममा एक लाख ७३ हजार चार सय २३ वटा बीमालेख जारी गरी तीन अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले भने चालू आवको पछिल्लो आठ महिनाको अवधिमा एक लाख ४५ हजार पाँच सय ९४ वटा बीमालेख जारी गरी दुई अर्ब ६८ करोड ४७ लाख ५३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पछिल्लो आठ महिनाको अवधिमा दुई लाख ७३ हजार तीन सय ९९ वटा बीमालेख जारी गरी एक अर्ब ९६ करोड २९ लाख १३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।