काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका अनुसार सेयरधनी प्रकाश मान श्रेष्ठको नाममा रहेको २० हजार दुई सय ९० कित्ता संस्थापक सेयर बिक्रीमा गर्न लागिएको हो ।
बैंकका अनुसार संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई नै दिनुपर्ने व्यवस्थाबमोजिम गत फागुन १० गते सूचना प्रकाशित गरी ३५ दिनको समयावधि दिइएकोमा संस्थापक सेयरधनीबाट निवेदन प्राप्त नभएकोले अब सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । यो सेयर खरीद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजातसहित यही चैत्र १६ गतेको मितिले आगामी १५ दिनभित्र काठमाडौंको डिल्लीबजारस्थित बैंकको मुख्य कार्यालयमा निवेदन पेश गर्नुपर्ने बैंकले जानकारी दिएको छ ।