काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा आधा दर्जन कम्पनीहरूको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार पछिल्लो पटक अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको पाँच प्रतिशत दरले हुन आउने १९ लाख २४ हजार एक कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
यसैगरी महालक्ष्मी विकास बैंकको पाँच प्रतिशतका दरले हुन आउने २१ लाख ४८ हजार दुई सय २९ कित्ता, माहुली लघुवित्त वित्तिय संस्था लिमिटेडको चार दशमलव ७५ प्रतिशतका दरले हुन आउने एक लाख ७५ हजार सात सय १३ कित्ता, प्राइम कमर्सियल बैंक लिमिटेडको आठ प्रतिशतका दरले हुन आउने एक करोड ५५ लाख २२ हजार कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।
नेप्सेका अनुसार शांग्रिला डेभलपमेन्ट बैंकको पनि पाँच प्रतिशतका दरले हुन आउने १७ लाख ७८ हजार एक सय २७ कित्ता, समता घरेलु लघुवित्तको पाँच प्रतिशतका दरले हुन आउने तीन लाख १४ हजार पाँच सय २५ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । सूचीकृत भएका यी सेयरहरूको दोस्रो बजारमा कारोबार खुल्ला हुने नेप्सेले जानकारी दिएको छ ।