काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको अध्यक्षमा ज्ञानेन्द्र प्रसाद ढुंगाना चयन भएका छन् । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले ढुंगानालाई अध्यक्ष पदमा चयन गरेको हो । नवनियुक्त अध्यक्ष ढुंगानाको कार्यकाल सोही मितिदेखि सुरु भएको कम्पनीले जनाएको छ ।